सिमा क्षेत्रबाट २४ लाख भारु बरामद, रकम बोक्ने व्यक्ति फरार


कपिलवस्तु : कपिलवस्तुको कृष्णनगरमा सशस्त्र प्रहरीले २४ लाख ५० हजार भारतीय रकम बरामद गरेको छ । कृष्णनगर नगरपालिका-१ को लिंकगेट नजिकै ड्युटीमा रहेको प्रहरीले अवैध रकम बरामद गरेको हो ।

भारतीय सीमाबाट झोलामा सेनेटाइज र औषधीको पोकाभित्र ल्याएको रकम प्रहरीले बरामद गरेपछि रकम बोक्ने व्यक्ति भारततिरै फरार भएको सशस्त प्रहरी उपरीक्षक ध्रुव थापाले बताएका छन्‌ ।

दशगजा भन्दा ५० मिटर भित्र नेपाली भूभागमा ती व्यक्तिको झोला चेकजाँच गरिएको थियो । सुरुमा झोला खोल्दा ती व्यक्तिले सेनेटाइजर र औषधी रहेको बताएर  सशस्त्रको गस्ती टोलीलाई झुक्याउन खोजेका थिए। पछि शंका लागेर झोला खोली हेर्दा अवैध रकम फेला परेपछि ती व्यक्ति भागेको प्रहरीले दाबी गरेको छ।

भारु ५ सय दरका ४९ वटा गड्डी बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर ३९ राजश्व भन्सार सुरक्षा गुल्म, कृष्णनगरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ध्रुव कार्कीले बताए । बरामद रकम आवश्यक कारबाहीका लागी राजश्व अनुसन्धान कार्यालयमा बुझाइने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : २०७७ श्रावण २८, बुधबार ११:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ