अब छोरी जन्माउनेलाई पाँच हजार पुरस्कार दिने घोषणा


बर्दिया : राजापुर नगरपालिका वडा नम्बर ८ ले छोरी जन्माउने आमालाई सुत्केरी खर्च स्वरूप ५ हजार रुपैयाँ प्रदान गर्न सुरु गरेको छ ।

बढ्दै गएको लैंगिक विभेदको अन्त्य र छोरी जन्माउने आमालाई समान व्यवहार गर्नु पर्ने उदेश्यका साथ छोरी जन्माउने आमाहरुलाई सुत्केरी पोषण खर्च स्वरूप वडा ले रकम प्रदान गर्न सुरु गरेको हो ।

छोरालाई मात्र सम्मान गर्ने तर छोरीलाई अपहेलना गर्ने प्रवृत्ति लाई नयाँ मोड दिन आर्थिक वर्ष २०७७/७८ का लागि नयाँ कार्यक्रम ल्याइएको अध्यक्ष चिन्तामणी आचार्यले जानकारी दिए ।

प्रकाशित : २०७७ श्रावण २८, बुधबार ११:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ