सहायक वन अधिकृत यादबसहित पाँच कर्मचारी घुससहित रंगेहात पक्राउ


जनकपुरधाम : उदयपुरका वन सहायक अधिकृत शिवनारायण यादवसहित पाँच जना घुस रकमसहित पक्राउ परेका छन् ।

सहायक वन अधिकृत यादव, सव-डिभिजन वन कार्यालय लाल बजार रामपुरका प्रमुख बिनोदकुमार साह, फोरेष्टर रमेश राई, सव-डिभिजन वन कार्यालय मैनामैनीमा कार्यरत फोरेष्टर विशेश्वर चौधरी, वन रक्षकद्वय शैलेन्द्र झा र मनोज कुमार राउत पक्राउ परेका हुन् । उनीहरु १७ हजार रकमसहित पक्राउ परेको अख्तियारले जनाएको छ ।

सेवाग्राहीसँग घुस लिएको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटि गएको प्रहरी टोलीले खानतलासी गर्दा घुस रकम बरामद भएको थियो । त्यसपछि उनीहरुलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्टि गरेको छ ।

प्रकाशित : २०७७ श्रावण २८, बुधबार १२:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ