जनकपुर : मोटरसाइकल दुर्घटनामा यादबको ज्यान गयो


जनकपुरधाम : धनुषाको जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत जनकपुरधाम उप-महानगरपालिका १४ मुजेलियामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यू भएको छ ।

मृत्यू हुनेमा कमला नगरपालिकाको सघारा घर भएका अशोक यादव छन् । उनी चढेको लु. ५६ प. ५७ नम्बरको मोटरसाइकल र लु ६१ प ७७६८ नम्बरको मोटरसाइकलमा एक आपसमा ठोक्किदा यादबको मृत्यू भएको छ । मृतक यादब लु. ५६ प. ५७ नम्बरको मोटरसाइकलमा पछाडी सवार थिए ।

दुर्घटनामा गम्भिर घाईते भएका यादबलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा बाटोमै मृत्यू भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ श्रावण २८, बुधबार १२:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ