महोत्तरीमा दाह-संस्कार गरेको दुई दिनपछि एक पुरुषमा कोरोना पुष्टि


जनकपुरधाम : महोत्तरीका एक पुरुषको मृत्यूपछि दाह संस्कार गरेको दुई दिनपछि एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जनकपुरको जानकी हेल्थ केयरमा दुईदिन अगाडी महोत्तरीको मठियानी नगरपालिका ६ का ४५ वर्षीय पुरुषको मृत्यू भएको थियो । उनको मृत्यू भएपछि सोहीदिन दाह–संस्कार गरिसक्यो । तर आज उनको मृत्यू कोरोनाबाट भएको पुष्टि भएको छ ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालले पनि मृतक ति पुरुषमा कोरोना पुष्टि भएको बताए । उनका अनुसार मृतकको दाहासँस्कारमा सहभागी भएका सबैको पहिचान गरी पिसिआर परीक्षण गरिनेछ ।

प्रकाशित : २०७७ श्रावण २८, बुधबार १६:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ