आज थपिए ४ सय ८४ कोरोना संक्रमित, ६४ जना आइसोलेशनबाट डिस्चार्ज


काठमाडौं : देशभर ४ सय ८४ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । साथै बुधबार देशभरबाट ६४ जना डिस्चार्ज भएका छन् ।

आज काठमाडौंमा मात्र १ सय ९ जनामा कोरोना देखिएको छ। त्यसैगरी भक्तपुरमा ८ र ललितपुरमा २१ जनामा कोरोना पुष्टि भएको गौतमले बताए । हाल देशभरका १४ हजार ८ सय ४६ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।

देशभर ७ हजार ६१३ देशभर संक्रमित रहेका गौतमले जानकारी दिए । बुधबारसम्म १६ हजार ७ सय २८ जना डिस्चार्ज भएका उनले बताए ।

मंगलबार देशभर ६ सय ३८ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रकाशित : २०७७ श्रावण २८, बुधबार १६:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ