कोरोनाले आक्रान्त धनुषाको औरहीमा ‘ट्रली डान्स’ ! प्रशासन मौन


जनकपुरधाम : कोरोना भाइरसको संक्रमणले देश आक्रान्त बनेको छ । प्रदेश २ का जिल्लाहरु त झन बढी प्रभावित बनेको छ ।

तर श्रीकृष्ण जन्माष्टमीको नाममा धनुषाको औरही गाउँपालिका १ पौडेश्वरमा डान्स प्रोग्राम चल्दैछ । प्रोग्राम हेर्न ठूलो भिड लागेका छन् । प्रोग्रामको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको छ । उक्त भिडियोमा ट्याक्टरकै ट्रलीमा प्रोग्राममा भइरहेको देखिन्छ ।

दिउँसोबाटै हजारौंको उपस्थितिमा भइरहेको डान्स प्रोग्राम हेर्न ठूलो भिडभाड रहेपनि प्रशासनको ध्यान पुगेको छैन । यसरी गर्ने प्रोग्रामको नाममा जम्मा पारेको भिडभाडले कोरोना संक्रमण फैलिने जोखिम बढेको छ ।

प्रकाशित : २०७७ श्रावण २८, बुधबार १८:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ