बाराबाट अन्सारी पक्राउ, १५ किलो सुनकाण्डमा संलग्नता रहेको आरोप


जनकपुरधाम : काठमाडौंको कमलादीबाट बरामद भएको भनिएको १५ किलो सुन प्रकरणमा इल्ताफ हुसेन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले अन्सारीलाई बाराको निजगढबाट पक्राउ गरेको हो । यही साउन १३ गते कमलादीबाट प्रहरीले १५ किलो सुन बरामद गरेको दावी गरे । तर उक्त सुन भने सुन्धाराबाट बरामद गरिएको थियो ।

अचम्म त के भने १५ किलो सुन भनिएपनि आधा किलो मात्र सक्कली सुन थियो । साढे १४ किलो नक्कली सुन रहेको पुष्टि भएपछि प्रहरी नै तनावमा परेका छन् । चाँदीमा सुनको जलप लगाएर नक्कली पारिएको खुलेको थियो ।

पक्राउ परेका अन्सारी नक्कली नोटको कारोबारी समेत रहेको प्रहरीको दावी छ । भारतीय नक्कली नोटसहित उनलाई २०७२ जेठमा ललितपुरबाट पक्राउ गरिएको थियो ।

प्रकाशित : २०७७ श्रावण २९, बिहीबार ११:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ