सिरहा : पाँच वर्ष अगाडी हराएका यि बालक भारतमा भेटिए !


जनकपुरधाम : सिरहाबाट हराएका एक बालक पाँच वर्षपछि भारतमा भेटिएका छन् । उनी हुन्– कल्याणपुर नगरपापिलका घर भएका अन्दाजी १४ वर्षीय कृष्ण कुमार चौधरी । अहिले उनलाई भारतको एउटा बालगृहमा राखिएको छ ।

सामाजिक अभियन्ता सरोज रायले सिरहाका एक बालक भारतको बालगृहमा रहेको जानकारी पाएपछि उनको परिवारजनसँग सम्पर्क गरेका छन् । अब कागजी प्रक्रिया पुर्याएर उनलाई चाँडै ल्याउने प्रयास थालिसकेको अभियन्ता रायले जानकारी दिए ।

प्रकाशित : २०७७ श्रावण २९, बिहीबार १६:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ