जनकपुरको सडकमा छटपटाइरहेकी ८० वर्षीया महिलाको प्रहरीद्वारा उद्धार


जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका ९ पिराडी चौकको सडकमा छटपटाइरहेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ ।

उद्धार गरिएकी महिला ८० वर्षीया बृद्धा हुन् । उनले बोल्न सक्ने अवस्था छैन । जसका कारण पहिचान खुल्न सकेनन् । विरामी परेकी उनी सडकमै छटपटाइरहेकी थिइन् । तर कसैले वास्ता गरिरहेको थिएनन् । उनको पीडाले सताएपछि प्रहरी चौकी मुजेलियाका सई मनिश श्रेष्ठ र असइ दिपेन्द्र यादवले उद्धार गरी प्रादेशक अस्पतालमा भर्ना गराए ।

पत्रकार सुरेन्द्र यादबका अनुसार ति बृद्धालाई उद्धार गर्न पहिले वडाध्यक्ष प्रमेश्वर साहलाई गुहारे गरियो । तर उनले वास्ता नगरेपछि प्रहरीद्धय श्रेष्ठ र यादब आफैंले उद्धार गरे । अहिले उनको उपचार अस्पतालमा भइरहेको छ ।

https://www.facebook.com/100026554692146/videos/631989097696241/
प्रकाशित : २०७७ श्रावण २९, बिहीबार २१:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ