जनकपुर : अस्पतालको लापरवाहीले एक महिलाको मृत्यु, अबस्था तनावग्रस्त


जनकपुरधाम : जनकपुरको नवजीवन अस्पतालमा एक महिलाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका १ की अन्दाजी ३५ वर्षीय रुकमणी सदाको राति अन्दाजी ८ बजे मृत्यु भएको हो ।

मृतक महिलाकी अस्पतालमा पत्थरीको अप्रेशन गर्दा डाक्टरले लापरवाही गरेकाले उनको मृत्यु भएको आरोप लागेको छ । महिलाको मृत्युपछि आक्रोसित आफन्तले अस्पताल तोडफोड गरेका छन् । प्रहरीले लाठी चार्ज गरेर स्थिति नियन्त्रणमा लिएको छ ।

मृतक महिलाको लाश अस्पतालमै छ । पीडित परिवारले डाक्टरलाई कारवाही र क्षतिपुर्ति माग गरेका छन् ।

समाजसेवी रोषण मण्डलले अस्पतालको चरम लापरवाहीले महिलाको ज्यान गएको भन्दै घटनाको छानबिन गरी दोषीमाथि कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउन स्थानीय प्रशासनसंग माग गरेका छन् ।

प्रकाशित : २०७७ श्रावण २९, बिहीबार २२:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ