जनकपुरको सिडिओ कार्यालय बन्द ! सेवाग्राहीलाई गेटबाटै फर्काइयो


जनकपुरधाम : जनकपुरमा रहेको सिडिओ कार्यालय अर्थात जिल्ला प्रशासन कार्यालयले आजदेखि नागरिकता तथा राहदानी सम्बन्धी अन्य सेवाहरु बन्द गरिएको छ ।

कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि नागरिकता तथा राहदानी सम्बन्धी सेवा बन्द गरिएको सूचना कार्यालयका प्रशासकिय अधिकृत गणेश चन्द्र मिश्रले विहिवार नै जारी गरेका थिए । तरपनि केहि सेवाग्राही आज कार्यालय पुगेपछि प्रहरीले गेटबाटै फर्काएका छन् ।

नागरिकता तथा राहदानी सम्बन्धी कामकाज बन्द गरिएपछि जिल्ला प्रशासन कार्यालय सुनसान देखिएको छ । प्रशासकिय अधिकृत मिश्रले राहदानी तथा नागरिकता सम्बन्धी सेवा अर्को व्यवस्था नहुन्जेल सम्मका लािग बन्द गरिएको भन्दै अत्यावश्यक सेवा प्रदान गरिने जानकारी दिए ।

प्रकाशित : २०७७ श्रावण ३०, शुक्रबार १५:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ