कोरोना भाइरसबाट वीरगन्जमा फेरी एक पुरुषको मृत्यू


पर्सा : कोरोना भाइरसबाट वीरगन्जमा थप एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा वीरगन्ज महानगरपालिका १२ का ६० वर्षीय पुरुष छन् ।

शुक्रबार राति ८ बजे ति पुरुषको उपचारको क्रममा मृत्यू भएको कोरोना अस्थायी अस्पताल गण्डकका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए । यो सँगै वीरगञ्जमा हालसम्म कोरोना संक्रमणका कारण २६ जनाको ज्यान गएको छ ।

मृतकमध्ये पर्साका १९, बाराका ५,रौतहटका एक र परिचय खुल्न नसकेका एक जना रहेको बताइएको छ ।

प्रकाशित : २०७७ श्रावण ३१, शनिबार ०७:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ