कोरोना संक्रमितको संख्या २६ हजार नाघ्यो, २४ घण्टामै ४६८ थपिए


काठमाडौं : पछिल्लो २४ घण्टाको अवधिमा थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार देशभर कुल संक्रमितको २६ हजार १९ संख्या पुगेको छ ।

संक्रमितमध्ये ८ हजार १९३ जना सक्रिय संक्रमित रहेका छन् । यीमध्ये ५२३ जना होम आइसोलेसनमा रहेका छन् भने अन्य विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार भइरहेको उनले बताए ।

शनिबार थप १२४ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १७ हजार २०१ जना निको भएको मन्त्रालयको तथ्यांक रहेको छ । पछिलो २४ घण्टाको अवधिमा ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

शनिबारसम्म ५ लाख ६ हजार ६० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । शनिबार देशभर १४ हजार ४४८ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित : २०७७ श्रावण ३१, शनिबार १६:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ