जनकपुरमा यूवाहरुको प्रदर्शन, पत्रकार कुट्ने गुण्डा प्रहरीलाई कारबाही गर्न माग


जनकपुरधाम : शुक्रवार राति टुडेखोजका सम्पादक सन्तोष यादब र पत्रकार सिबेन्द्र रोहितामाथि प्रहरीले गरेको कुटपिटविरुद्ध जनकपुरको भानु चोकमा यूवाहरुले आज प्रदर्शन गरेका छन् ।

पत्रकार कुट्ने प्रहरीमाथि कारबाही गर, प्रेस स्वतन्त्रता कायम गर, गुण्डागर्दी चल्दैन, सिडिओ र एसपी मुर्दावाद जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर युवाहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा यूवाहरु राकेश विक्रम साह, संजिव यादब, शैलेन्द्र चोरबार, इन्जिनियर दिपक यादब, गौतम यादब, पत्रकार सुरेन्द्र यादब, निसान्त यादब, रुपेश यादब, पत्रकार किशोर मण्डल लगायतको सहभागीता थियो ।

प्रदर्शन रोक्न ठूलो संख्यामा प्रहरी परिचालन भएका थिए । तरपनि युवाहरुले प्रहरी प्रशासन विरुद्ध नारावाजी गर्दै दोषी प्रहरीमाथि कारबाही नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शुक्रवार राति जनकपुरस्थित नव जीवन अस्पतालमा मृत्यू भएका एक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लग्ने क्रममा मृतकका आफ्न्तमाथि प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा पत्रकारद्धय यादब र रोहिताले फोटो खिच्न लाग्दा प्रहरीले निर्ममतापूर्वक कुटपिट गरेका थिए ।

सो अस्पतालमा विहिवार राति एक महिलाको मृत्यू भएपछि उनको परिवारले घटनाको छानविन गरी दोषीलाई कारबाही र क्षतिपुर्तीको माग गरेका थिए । तर प्रहरीले ज्यानमारा अस्पताललाई संरक्षण गरिरहेका छन् ।

यसअघि नेपाल पत्रकार महासंघ सिरहा शाखाले समेत विज्ञप्ती जारी गरेर दोषी प्रहरीमाथि कारबाहीको माग गरिसकेको छ ।

प्रकाशित : २०७७ श्रावण ३१, शनिबार १८:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ