पर्सा र बारामा फेरि थपियो ४७ जना कोरोना संक्रमित


वीरगञ्ज : पर्सा र बारामा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये ४५ जना पर्साका र २ जना बाराका रहेको अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए । संक्रमित हुनेमा वीरगन्ज महानगरपालिकास्थित रहेको नारायणी अस्पतालमा कार्यरत विभिन्न वार्डका ७ जना कर्मचारी एक पत्रकार, प्राइम फर्माका ६ जना कर्मचारी, बयोधा अस्पतालका ३ जना कर्मचारी, नारायणी अस्पतालको आइसियुमा अपचारार्थ १ जना पुरुष र १ जना मृगौला रोगीमा संक्रमण पुष्टि भएको डाक्टर सिंहले बताए ।

त्यसैगरी वीरगन्ज महानगरपालिका विभिन्न वडाका १३ जना रहेका छन् भने पर्सा जिल्लाको पोखरिया नगरपालिकाका विभिन्न वडाका १२ जना रहेका छन् । त्यस्तै बहुदरमाइ नगरपालिका वडा नम्बर ९ भौराटारका २३ वर्षका १ जना पुरुष रहेका छन् ।

त्यसैगरी बारा जिल्ला महागढीमाई वडा नम्बर ५ कबहीका ४० वर्षीय १ जना पुरुष र बारा जिल्ला कलैया वडा नम्बर १ का ६० वर्षीय पुरुष रहेको डाक्टर सिंहले बताए ।

प्रकाशित : २०७७ श्रावण ३२, आईतवार ०७:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ