कोरोना कहर : लहानको भुमिसुधार तथा मालपोत कार्यालय बन्द गरियो


जयनाथ यादब/ लहान : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि लहानस्थित भुमिसुधार तथा मालपोत कार्यालय पनि बन्द हुनेभएको छ ।

भदौं १ गतेदेखि १५ गतेसम्म कार्यालयका सम्पूर्ण सेवाहरु स्थगित गरिएको उक्त कार्यालयले सूचना जारी गरेको छ । कार्यालय बन्द रहेने समयभित्र सुकुम्बासी समस्या समाधान आयोग २०५८ ले वितरण गरेको जग्गाको प्रमाण पूर्जाहरुको विषयमा गम्भिर अनुसन्धान भइरहेको सूचनामा उल्लेख छ ।

यस्तै कार्यालयको आन्तरिक प्रशासनको कार्यहरु मात्र संचालनमा रहने जनाएको छ । कार्यालय बन्द गर्दा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कार्यालयले क्षमा पनि मागेको हो ।]

प्रकाशित : २०७७ श्रावण ३२, आईतवार १५:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ