धनुषा : तिब्र गतिमा मोटरसाइकल चलाउदा दुर्घटना, एक युवकको ज्यान गयो


जनकपुरधाम : तिब्र गतिमा गुडाएको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । धनुषाको सबैला नगरपालिका १ रघुनाथपुरमा मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा सवैला नगरपालिका १३ सिरका टोलका ३० वर्षीय सुरेन्द्र अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । रघुनाथपुरस्थित शसस्त्र प्रहरी वलको युनिट नजिकै ना. ४७ प. २१२४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको घटना स्थलमै मृत्यू भएको बताइएको छ ।

मृतक अधिकारीको शव पोष्टमार्टमका लागि प्रहरीले जनकपुर ल्याउने तयारी गरिरहेको छ ।

प्रकाशित : २०७७ श्रावण ३२, आईतवार १५:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ