SEE परीक्षाको रिजल्ट ३ दिनभित्र आउछ : परीक्षा बोर्ड


काठमाडौं : माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा ३ दिनभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले दुई तीन दिनभित्र सार्वजनिक गर्ने जानकारी दिए । 

‘दुई/तीन दिनभित्र नतिजा सार्वजनिक गछौं । कोरोना भाइरसका कारणे ढिला भएको हो । सरकारले बैठकसमेत नराख्न भनेको छ । मार्कसिट पनि पठाउने अवस्था छैन । यद्यपि, नतिजा अब सार्वजनिक गछौं,’ उनले भने । 

२० साउनभित्र नै नतिजा सार्वजनिक गर्ने तयारी गरेपनि कोरोना संक्रमितको सङ्ख्या बढेपछि रोकिएको थियो । यो वर्ष कोरोनाका कारण परीक्षा नभएपछि विद्यालयले गरेको मूल्याङ्कनकै आधारमा बोर्डले नतिजा सार्वजनिक गर्न लागेको हो ।

प्रकाशित : २०७७ श्रावण ३२, आईतवार १७:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ