सप्तरी : एमबीबीएसमा अध्ययनरत युवक खानमाथि खुकुरी प्रहार


नविन यादब/ राजविराज : शौचालयको विषयमा विवाद हुँदा सप्तरीको राजगढ गाउँपालिका ६ फकिरामा आइतवार एक जनामाथि खुकुरी प्रहार गरिएको छ ।

स्थानीय नजाम खानका १९ वर्षिय छोरा उमर खान खुकुरी प्रहारबाट गम्भिर घाईते भएका हुन् । शौचालयबाट पानी निकाल्ने विषयमा विवाद हुँदा उनीमाथि हलिम खान र नयिम खानलगायतका व्यक्तिले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

एमबीबीएसमा अध्ययनरत उमरको उपचार अहिले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भइरहेको छ । खुकुरी प्रहार गर्नेहरुको खोजी भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित : २०७७ श्रावण ३२, आईतवार २२:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ