पत्रकार यादब र रोहितालाई कुट्ने प्रहरीमाथि कारबाही गर्न मधेसी पत्रकार समाजको माग


जनकपुरधाम : टुडेखोज डटकमका सम्पादक सन्तोष यादब र रिपोर्टर सिबेन्द्र रोहितामाथि कुटपिट गरेका दोषीलाई तत्काल कारबाही गर्न मधेसी पत्रकार समाजले माग गरेको छ ।

समाजका सचिव संजीव विक्रम साहले विज्ञप्ती जारी गरे पत्रकार कुटपिट घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै घटनामा संलग्नलार्ई कारबाही गर्न माग गरेको हो । आफु पत्रकार भएको र परिपत्र देखाउँदा समेत पत्रकारलाई नियोजित तरिकाले दुव्र्यवहार र भौतिक आक्रमणका लागि समेत उद्यत देखिनुले प्रहरीको सक्कली अनुहार स्पष्ट भएको विज्ञप्तीमा भनिएको छ ।

जनतााको शान्ति सुरक्षामा खटिनुपर्ने र जनताको राजश्वबाट चलिरहका सुरक्षा निकायको यस्तो व्वहारको घोर निन्दा समेत समाजले गरेको छ । विज्ञप्तीमा भनिएको छ, ‘प्रहरीले आफ्नो नारामा जति मिठा कुरा गरेपनि उसको व्यवहार र कृयाकलाप हेर्दा अहिले पनि पञ्चाती शैलीको झल्को दिने खालको छ । प्रहरी मेरो साथी मुस्कानसहितको प्रहरी लगायतका जति नरम नारा छन्, प्रहरीको व्यवहार त्यति नै रुखो र क्रुर हुदै गएको छ ।’

विहिवार नवजीवन अस्पतालको लापरबाहीले एक महिलाको मृत्यू भएपछि २४ घण्टापछि बल प्रयोग गरेर शव पोष्टमार्टमका लागि लग्ने क्रममा प्रहरीले सम्पादक यादब र पत्रकार रोहितामाथि कुटपिट गरेको थियो ।

पत्रकार कुट्ने प्रहरीमाथि कारबाही गर्न देशभरका सञ्चारकर्मी माग गरेका छन् । दुई दिनदेखि जनकपुरमा युवाहरुले प्रशासन विरुद्ध प्रदर्शन समेत गरे । आईतवार गृहमन्त्रीको पुतला जलाउने क्रममा युवाद्धय राजेश यादब र सुनिल साहलाई प्रहरीले पक्राउ गरेको छ ।

शान्तिपूर्ण आन्दोलनका क्रममा पक्राउ परेका यादब र साहलाई अबिलम्ब रिहा गर्न समेत विभिन्न संघ–संगठनले माग गरेको छ ।

प्रकाशित : २०७७ भाद्र १, सोमबार ०७:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ