वीरगञ्जमा मृत्यु भएका रौतहटका युवकमा पनि कोरोना पुष्टि


वीरगञ्ज : वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका रौतहटका युवकमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । गत शनिबार राति मृत्यु भएका ३२ वर्षका ती युवकमा कोरोना पुष्टि भएको हो ।

नारायणी अस्थायी कोरोना विशेष अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहका अनुसार दमको समस्या भएपछि उपचारको लागि रौतहटबाट नारायणी अस्पतालमा शनिबार अपरान्ह ४ बजे ल्याइएको थियो । शनिवार राति उनको राति मृत्यु भयो ।

मृतक युवकमा कोरोनाको पनि आशंका गरिएपछि स्वाब संकलन गरि नारायणी अस्पतालकै प्रयोगशालामा परीक्षण गर्दा रिपोर्टमा पोजेटिभ आएको डाक्टर सिंहले पुष्टि गरेका छन् ।

प्रकाशित : २०७७ भाद्र १, सोमबार ०८:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ