लहान नगरपालिकामा आजदेखि हट्यो लकडाउन ! (सूचनासहित)


जयनाथ यादब/ लहान : सिरहाको लहान नगरपालिकामा आजदेखि लकडाउन हटेको छ । कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेको भन्दै नगरपालिकाले साउन २३ गते राति १२ बजेदेखि साउन ३२ गते राति बजेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।

आईतवार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमनन्द भुषालले विज्ञप्ती जारी गरेर लकडाउनको पालना गरेकोमा नगरबासीलाई धन्यवाद ज्ञापन गरेका छन् । विज्ञप्तीमा लकडाउनको अवधी समय नबढाएको भएपनि हाटबजार, रेष्टुरेन्ट, होटल र जिमसेन्टर बन्द राख्न विज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।

यस्तै भिडभाड नगर्न र मास्क प्रयोग गर्न तथा नियमित सावुन पानीले हात धुन अपिपल गरिएको छ । नगरपालिकाबाट प्रदान गरिने सेवाहरु मध्ये अतिआवश्यक सेवा बाहेक अन्य सेवा प्रवाह नहुने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित : २०७७ भाद्र १, सोमबार ०८:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ