कोरोना कहर : सिरहाका १७ वटै स्थानीय तहमा १५ दिनका लागि लकडाउन


सिरहा : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला सङ्कट व्यवस्थापन समिति सिरहाले जिल्लाको १७ वटै स्थानीय तहमा आज बिहानदेखि लकडाउन गर्ने निर्णय गरेको छ ।

लकडाउन १५ भदौसम्म लागू हुनेछ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको बैठकले संक्रमण रोकथाम र नियन्त्रणका लागि सिरहाको १७ वटै स्थानीय तहले आ-आफ्नो पालिकाभित्र १५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

समितिको निर्णयअनुसार लकडाउन गर्न सबै पालिकालाई पत्राचार गरिसकेको प्रजिअ कँडेलले बताए । दिनहुँ संक्रमित थपिएसँगै सिरहाका केही स्थानीय तहहरूमा यसअघिबाटै लकडाउन भइरहेको थियो ।

लकडाउनको बेला घरबाट ननिस्किन सर्वसाधारणलाई अनुरोध गरिएको छ । त्यस्तै अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ ।

प्रकाशित : २०७७ भाद्र १, सोमबार १०:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ