Breaking- जनकपुरमा फेरी एक ६५ वर्षीय पुरुषको कोरोनाले ज्यान गयो


सिबेन्द्र रोहिता/ जनकपुरधाम : कोरोना भाइरसको संक्रमण पुष्टि भएका फेरी एक बृद्धको प्रादेशिक अस्पताल जनकपुरमा मृत्यू भएको छ ।

धनौजी गाउँपालिका ३ का ६५ वर्षीय बीर मोहम्मद अन्सारीको कोरोनाबाट मृत्यू भएको धनुषाका एसपी रमेश बस्नेतले जानकारी दिए । उनका अनुसार रुघा लागेपछि उनी साउन ३० मा अस्पताल भर्ना भएका थिए । त्यसपछि उनको पिसिआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

मृतक अन्सारीको नेपाली सेनाले शव व्यवस्थापन गर्ने तयारी गरिरहेको छ । योसँगै प्रदेश २ मा कोरोनाबाट मृत्यू हुनेको संख्या ४६ पुगेको छ ।

प्रकाशित : २०७७ भाद्र १, सोमबार १३:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ