विराटनगर भन्सार कार्यालयका चार कर्मचारीमा कोरोना संक्रमण पुष्टि


मोरङ : विराटनगरस्थित भन्सार कार्यालयमा कार्यरत चार कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश १ जनस्वास्थ्य प्रयोगशाला विराटनगरका अनुसार उनीहरुको रिपोर्ट आइतबार आएको हो ।

केही कर्मचारीमा संक्रमण देखिएपनि भन्सारको काम कार्वाही सुचारु रहेको कार्यालयकी सूचना अधिकारी सूनिता पौडेलले जानकारी दिइन् । केहीदिन अघि कर्मचारीमा ज्वरो तथा रुघाको समस्या देखिएपछि गत विहीबार उनीहरुको स्बाब नमूना संकलन गरिएको थियो ।

२० जना कर्मचारीको स्वाब संकलन गरिएपछि काठमाडौं ४ र १० वडा दुई, तनहुँ भीमाद ८ का एक र सुर्खेत पाँञ्चपुरी ९ घर भएका पुरुष कर्मचारीमा संक्रमण देखिएको हो । उनीहरु २८ देखि ५१ वर्ष उमेर समूहका रहेकाछन् ।

कार्यालयको क्वाटरमा बसोबास गर्दै आएका उनीहरु चारैजना होम आइसोलेसनमा रहेका छन् । सूचना अधिकारी पौडेलले कर्मचारीमा संक्रमण देखिएपछि हाल आवश्यक सुरक्षा अपनाएर कामलाई निरन्तरता दिइएको जानकारी दिइन् ।

हाल कार्यालयमा कार्यरत थप ११ जनाको पीसीआर नमूना संकलन गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र १, सोमबार १४:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ