कोरोना संक्रमणबाट थप तीन जनाको ज्यान गयो, मृतकको संख्या १०७ पुग्यो


काठमाडौं : कोरोना संक्रमित थप तीन जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप तीन जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

रौतहट, मोरङ र काठमाडौंमा एक/एक जना गरी तीन जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका छन् । उनका अनुसार रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीय महिलाको ज्यान गएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १०७ पुगेको छ ।

प्रकाशित : २०७७ भाद्र १, सोमबार १६:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ