दश हजार घुस रकमसहित वाणिज्य विभागका नायब सुब्बा महतो पक्राउ


काठमाडौं : सेवाग्राहीसँग घुस लिने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग बबरमहलका नायब सुब्बा शिव शंकर महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।

सेवाग्राहीसँग १० हजार घुस लिने क्रममा आयोगले नियन्त्रणमा लिई कारवाही शुरु गरेको जनाएको हो । महतोले फर्मको दर्ता प्रमाण–पत्रसँग सम्बन्धित काम लिई आएका सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना पछि आयोगको टोलीले महतोलाई कार्यकक्षबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

पक्राउ परेका महतोलाई हिरासतमा राखेर अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

प्रकाशित : २०७७ भाद्र १, सोमबार १७:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ