प्रदेश २ : सोमवार २११ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यू (हेर्नुस् पुरा विवरण)


जनकपुरधाम : प्रदेश २ मा ५३ महिलासहित २११ कोरोना संक्रमित थपिएका छन् भने दुई जनाको ज्यान पनि गएको छ ।

सामाजिक विकास मन्त्रालयका वरिष्ट जनस्वास्थ्य प्रशासन विजय कुमार झाका अनुसार धनुषामा १७, महोत्तरीमा १४, सिरहामा ४, बारामा १०६, पर्सामा २७, सर्लाहीमा १८, रौतहटमा १९ र सप्तरीमा ६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार १७६ पुगेको छ ।

कोरोनाबाट रौतहट र धनुषमा १÷१ जना गरी दुई जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा गौर नगरपालिका २ का ३२ वर्षीय पुरुष र धनौजी गाउँपालिकाका ६५ वर्षीय पुरुष छन् ।

हेर्नुस् पुरा डिटेल :

प्रकाशित : २०७७ भाद्र १, सोमबार १८:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ