मास्क लगाउन अनुरोध गर्ने प्रहरी टोलीमाथि आक्रमण, हवलदारसहित ३ घाईते


कपिलवस्तु : कपिलवस्तुको लवनीमा मास्क लगाउन अनुरोध गर्दा ६ प्रहरी कुटिएका छन् ।

कुटिनेमा प्रहरी चौकी लवनीमा प्रहरी नायव निरीक्षकसहित ६ जना रहेका छन् । तीमध्ये ३ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा प्रहरी हवलदार विनोद कुमार वरुण, प्रहरी जवान जियावन कहार र महेन्द्र यादव छन् । घाइते प्रहरीलाई उपचारको लागि क्रिमसन अस्पताल लगिएको छ ।

मास्क नलगाई साइकलमा आएका २ जनालाई प्रहरीले मास्क लगाएर चलाउन अनुरोध गरेका थिए । प्रहरीले सम्झाई बुझाई घर पठाए पनि गाउँबाट ६ युवा बोलाई एक्कासि आक्रमण भएको सई सुनिल मल्लले बताए । ती युवाले लाठी र रडले प्रहरीमाथि प्रहार गरेको थिए ।

प्रकाशित : २०७७ भाद्र १, सोमबार १८:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ