कर्जन्हा नगरपालिकालाई लकडाउन गर्ने निर्णय, मास्क नलाए जरिबाना लाग्ने


जनकपुरधाम : सिरहाको कर्जन्हा नगरपालिकाले पनि १५ दिनका लागि लकडाउन गर्ने निर्णय लिएको छ । नगर प्रमुख गंगा पासवानले सूचना जारी गरेर लकडाउन गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

भदौं २ गते राति १२ बजेदेखि भदौं १६ गते राति १२ बजेसम्मका लागि कर्जन्हा नगरपालिकालाई लकडाउन गर्ने निर्णय गरिएको नगर प्रमुख पासवानद्वारा जारी सूचनामा उल्लेख छ । लकडाउनको पालना गर्न अनुरोध गर्दै अटेरी गरेमा र मास्क नलगाएमा सुरक्षाकर्मीले जरिबाना असुल्ने समेत जनाएको छ ।

हेर्नुस् सूचना :-

प्रकाशित : २०७७ भाद्र १, सोमबार २०:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ