प्रदेश २ : माछा मार्ने विषयमा दुई गाउँलेबीच झडप, प्रहरीले चलाए १३ राउण्ड गोली


बारा : बारामा माछा मार्ने विषयमा झडप हुँदा १३ राउण्ड हवाई फायर भएको छ । सोमबार बिहान १० बजे सिम सिम्रौनगढ नगरपालिका ११ र आदर्शकोतवाल गाउँपालिका ६ को सीमानामा माछा मार्ने विषयमा दुई गाउँका स्थानीयबीच झडप भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार स्थानीय प्रहरीले धान्न नसक्ने भएपछि जिल्ला प्रहरीबाट खटिएको थियो । ‘माछा मार्ने विषयमा दुई गाउँका स्थानीय करिब ११ सय जना जतिबीच झडप हुन लागेको थियो,’ एसपी पंगेनीले भने, ‘प्रहरीले नियन्त्रणमा लिन नसक्ने भएपछि हवाई फायर र अश्रु ग्यास प्रहार गरेको हो ।’

प्रहरीले १३ राउण्ड हवाई फायर र ६ राउण्ड अश्रुग्यास प्रहार गरेको हो । उनीहरूले गरेको ढुंगामुढा गर्दा तीन/ चार जना प्रहरी घाइते समेत भएको एसपी पंगेनीले जानकारी दिए । ‘उनीहरूको पक्षमा पनि केही ७/८ जना सामान्य घाइते छन् । हाम्रोबाट पनि चार/ पाँच जना घाइते छन्,’ उनले भने।

प्रहरीले कसैलाई पक्राउ भने गरेको छैन ।

प्रकाशित : २०७७ भाद्र १, सोमबार २१:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ