सिरहा : गर्भवती महिलाको हत्या गरेको आरोपमा पति र सासु पक्राउ


लहान : गर्भवती महिलाको हत्या गरेको अभयोगमा सिरहा प्रहरीले पति र सासूलाई पक्राउ गरेको छ ।

सिरहा नगरपालिका १६ की १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उनकै २० वर्षीय पति धीरज दास र ३५ वर्षीया सासू राजकुमारी दासलाई प्रहरीले पक्राउ गरेको हो । गत साउन २७ मा कुलतीदेवी दासको हत्या भएको थियो ।

घटनापछि कुलतीदेवीको बुवा चन्दर दासले जिल्ला प्रहरी कार्यालय सिरहामा उनका पति र सासुमाथि किटानी जाहेरी दर्ता गराएका थिए । सिरहाका डिएसपी विनोद घिमिरेले पक्राउ परेका दुबै जनामाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : २०७७ भाद्र २, मंगलवार १०:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ