सशस्त्रका इन्सपेक्टर तामाङको टोलीले समात्यो २० किलो चरेश


वीरगञ्ज : पर्साको सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिखमपुरले जगरनाथपुर गाउँपालिका २ बाट २० किलो चरेश बरामद गरेको हो ।

भिखमपुरका सशस्त्र प्रहरी निरिक्षक (इन्सपेक्टर) किशमान तामाङको नेतृत्वमा खटेको गोलीले गोप्य सूचनाको आधारमा चरेश बरामद गरिएको छ । प्रहरीलाई देखेपछि तस्कर चरेश फालेर भागेका थिए ।

बरामद भएको ३८ पोका चरेस ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाईएको प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले जानकारी दिए ।

प्रकाशित : २०७७ भाद्र २, मंगलवार १०:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ