राष्ट्रिय झण्डा जलाउने यि युवक भन्छन्– तर्साउने काम नगर (हेर्नुस् भिडियो)


जनकपुरधाम : म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाउने व्यक्ति ग्याल्जेन दोर्जे तामाङ रहेको खुलेको छ । उनले फेसबुक लाइभमा आएर राष्ट्रिय झण्डा आफुले जलाएको स्वीकार गरेका हुन् ।

देशद्रोहीको अर्थ नबुझ्नेहरु ममाथि सिधा देशद्रोहीको आरोप लगाउन थालेका छन्, उनले भनेका छन्, ‘हामीमाथि भएको विभेदको परिणाम हो यो गित, न्यायलयले जे सजा दिन्छ भोग्न तयार छु ।’ उनले आफुलाई तर्साउने कोसिन नगर्न समेत आग्रह गरेका छन् ।

नीति निर्माण तहमा पुगेका बाहुन क्षेत्रीले राष्ट्रियतालाई लुटेको आरोप समेत उनको छ । ‘चन्द्र सुर्य अंगित राष्ट्रिय झण्डा बनाउनेले के यसमा राष्ट्रियता देख्छ त ? उनले प्रश्न गर्दै भनेका छन्, ‘राष्ट्रिय झण्डा जसरी जल्छ, जल्छ एकदिन । जसरी पनि एकदिन हटाउनैपर्छ ।’

भिडियोमा हेर्नुस् उनको पुरा सम्बोधन :–

https://www.youtube.com/watch?v=0KFvzg9s19c
https://todaykhoj.com/todaykhoj-special/17284
प्रकाशित : २०७७ भाद्र २, मंगलवार १४:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ