जनकपुरबाट वडाध्यक्षकै सरकारी मोटरसाइकल चोरी, खोज्दै प्रहरी !


सिबेन्द्र रोहिता/ जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका १६ जलाद पुल नजिकैबाट एक वडाध्यक्ष चढ्ने सरकारी मोटरसाइकल चोरी भएको छ ।

धनुषाको कमला नगरपालिका ५ का वडाध्यक्ष शिवा पासवानको प्रदेश २–०२–००१ ब ००५९ नम्बरको सरकारी मोटरसाइकल चोरी भएको हो । जनकपुरस्थित घर आएका बेला सोमवार मध्यरातमा मोटरसाइकल छोरी भएको बताइएको छ ।

वडाध्यक्ष पासवानले टुडेखोजसँग भने, ‘औषधी सकेपछि जनकपुर आउँदा आफ्नै घरमा बसेको थिए । नयाँ घर भएकाले मोटरसाइकल भित्र लग्न सकिएन । बाहिरै छाडेपछि मध्यरातमा चोरी भयो ।’

चोरी भएको मोटरसाइकल खोजिदिन उनले प्रहरीसँग गुहार मागेका छन् । वडाध्यक्षले मोटरसाइकल चोरी भएको जानकारी गराएपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र २, मंगलवार १५:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ