महोत्तरी : अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना, ठाकुरको मृत्यु


महोत्तरी : महोत्तरीको जलेश्वर–रौजा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–३ भटौलियाका ३० वर्षीय ललित ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

ज ११ प १३८६ नम्बरको मोटरसाइकलमा चढी धमौराबाट बनौटातर्फ जाँदै गरेका ठाकुरको मोटरसाइकल बलवा नपा–८ स्थित सडकमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको थियो । ठाकुरको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको छ ।

प्रकाशित : २०७७ भाद्र २, मंगलवार १६:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ