घुससहित बारामा पक्राउ परेका सव-इन्जिनियर जयसवाल विरुद्ध मुद्दा दायर


जनकपुरधाम : सेवाग्राहीसँग ८० हजार घुस लिने जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बाराका सव–इन्जिनियर गजेन्द्र प्रसाद जयसवाल विरुद्द मुद्दा दर्ता गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दर्ता गरेको हो । ८० हजार रुपैयाँ विगा दावी सहित उनीमाथि मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

उनका अनुसार नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न पश्चात रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग ८० हजार घुस लिएपछि सव–इन्जिनियर जयसवाल पक्राउ परेका थिए ।

प्रकाशित : २०७७ भाद्र २, मंगलवार १६:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ