मिर्चैयाका युवकको सिरहामा शव भेट्यो, हत्या गरेर फालेको अनुमान


जयनाथ यादब/ लहान : सिरहा नगरपालिका १५ बुधौरामा एक युवकको शव फेला परेको छ । मिर्चैया नगरपालिका ९ रमपुराका २४ वर्षीय उमेश कुमार महतोको शव फेला परेको हो ।

गाउँकै विजय कुमार यादवसँग घरबाट निस्केका उमेशको शव सिरहा नगरपालिकामा भेटेपछि हत्या गरेर फालेको हुनसक्ने अनुमान गरिएको छ । शव समेत गन्हाइसकेपछि मात्र स्थानीयले थाहा पाउँदा प्रहरीलाई खबर गरेको थियो । घटनाको प्रकृति हेर्दा हत्या गरेको देखिन्छ– स्थानीय एक युवकले भने ।

स्रोतका अनुसार विजयले उमेशसँग सापटी रकम लिएका थिए । तर फिर्ता भएको थिएन् । सोही कारण उनको हत्या गरेको हुनसक्छ । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद घिमिरेले बताए ।

घटनापछि विजय फरार छन् । उनी पक्राउ परेपछि थप रहस्य खुल्ने प्रहरीको भनाई छ ।

प्रकाशित : २०७७ भाद्र २, मंगलवार १८:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ