धनुषामा ५४ जनासहित प्रदेश २ मा ३२४ कोरोना संक्रमित थपिए (हेर्नुस् पुरा डिटेल)


जनकपुरधाम : प्रदेश २ मा २४ घण्टामै ३२४ कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७ हजार ५ सय पुगेको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ का वरिष्ठ चिकित्सक कमलेश प्रसाद यादवका अनुसार पर्सामा सबैभन्दा बढी १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बारामा ५९, धनुषामा ५४, रौतहटमा ४४, सप्तरीमा १४, महोत्तरी र सिरहामा १३/१३ जना संक्रमित थपिएका हुन् । सर्लाहीमा आज मात्र ३ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ८ महिलासहित ४८ जना कोरोनालाई जितेर घर फर्केका छन् । आज कोरोना संक्रमितबाट कसैको ज्यान नगएको मन्त्रालयले जनाएको छ ।

हेर्नुस् पुरा डिटेल :

प्रकाशित : २०७७ भाद्र २, मंगलवार १९:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ