राष्ट्रकवि घिमिरेको निधन, आजै गरिने अन्त्येष्टिमा सेनाले सलामी दिने


जनकपुरधाम : राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । १ सय १ वर्षको उमेरमा आज आफ्नै निवासमा उनको निधन भएको हो ।

उनी केही समयदेखि अस्वस्थ थिए । घरमै आराम गर्दै उपचाररत उनको आज साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको छ । १९७६ सालमा लमजुङमा जन्मिएका घिमिरे नेपाली छन्दकवितामा अग्रणी कवि हुन् ।

उनका ‘गौरी’ शोककाव्य, ‘राष्ट्र निर्माता’ खण्डकाव्य, ‘मालती-मङ्गले’ गीतिनाटकलगायत प्रसिद्ध छन् ।

घिमिरेको अन्त्येष्टिमा नेपाली सेनाले सलामी दिने भएको छ । नेपाल आर्मीका प्रवक्ता सन्तोष बल्लभ पौडेलले अधिकृतको नेतृत्वको टुकडीले घिमिरेलाई सलामी दिने बताए ।

घिमिरे नेपाली सेनाका मानार्थ ब्रिगेडियर जनरल हुन् । नेपाल सेनाले २०७४ सालमा घिमिरेलाई उक्त उपाधि दिएको थियो ।

उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।

प्रकाशित : २०७७ भाद्र २, मंगलवार १९:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ