काँग्रेस जनकपुधामका सभापति साहद्वारा जलाद नदी तटबन्धको निरिक्षण


जनकपुरधाम : नेपाली कांग्रेस जनकपुरधाम नगर समितिका सभापति एवम मेयरका प्रत्यासी मनोज साहले जनकपुरधाम उपमहानगरपालिका १७ स्थित जलाद नदी तटबन्धको निरिक्षण गरेका छन् ।

साहले प्रदेश सरकारको बजेटबाट १ सय मिटर निर्माण गरिएको तटबन्धको निरिक्षण गरेका हुन् । उनले हुलाकी राजमार्ग अन्तर्गत धनुषाको पौडेश्वरको पुलदेखि ओसरा हुदै रेल्वे लाईन सम्मको बाढिले कटान गरेको नदी क्षेत्रको निरिक्षण गरे । उपमहानगरपालिकाको पुर्वी भाग कनकपटटी, ओसरा, भोईल, तेतरिया, बेलौनी लगायतका क्षेत्रमा नदीको पानी पसी गाउं डुबानमा पर्ने गरेको छ ।

प्रदेश सरकारको बजेटबाट निर्माण भईरहेको तटबन्धले सो क्षेत्रका स्थानीयहरुलाई ठुलो राहत पुग्ने विश्वास गरिएको छ । सो क्षेत्रका अधिकांश स्थानीयहरु कृषिसंग सम्बन्धित भएकोले पनि सो तटबन्ध निर्माणलाई नेपाली कांग्रेसले जोड दिएको हो ।

नगर सभापति साहले उपमहानगरपालिकाको विपत व्यवस्थापन समितिको बैठक र सम्बन्धित निकायहरुमा गरेको प्रयासले तटबन्ध निर्माण हुन सम्भव भएको नेपाली कांग्रेस वडा नं. १७ का सभापति बालबोध यादवले बताए ।

निरिक्षणमा जलश्रोत तथा सिचाई विकास डिभिजन धनुषाका ईन्जिनियर गिरिन्द्र झा सहित नेपाली कांग्रेसका नेता कार्यकर्ता लगायत स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७७ भाद्र २, मंगलवार २०:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ