सप्तरीमा एकै परिवारका ३ महिलासहित ८ जनामा कोरोना पुष्टि


जनकपुरधाम : सप्तरीमा एकै परिवारका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । हनुमाननगर कंकालिनी नगरपालिकामा मंगलबार एकै परिवारका ८ सहित ११ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित परिवार नगरपालिकाको वडा नम्बर ९ निवासी व्यापारी रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार संक्रमितहरु ३ महिलासहित ८ जना एकै परिवारका हुन् । ९ दिनअघि एक किराना व्यापारीमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा स्वाब परीक्षण गर्दा एकै परिवारका ८ जनामा संक्रमण भेटिएको हो ।

संक्रमितहरुमा एकै परिवारका १०, ३६, ३८, ५५ र ६५ वर्षीय पुरुष र २४, ३० र ५० वर्षीया महिलाहरु रहेका छन् । उनीहरु सबैलाई होम आइसोलेसनमा बस्न भनिएको छ ।

प्रकाशित : २०७७ भाद्र २, मंगलवार २१:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ