प्रदेश २ का मन्त्री यादवको घरबाटै मोवाइल र २ लाख रुपैया चोरी


जनकपुरधाम : प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादबको काठमाडौंस्थित घरमा चोरी भएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका ४ स्थित बोजेपोखरी नजिकै रहेको घरमा मन्त्री यादब सुतेकै बेला चोरी भएको हो । झ्यालबाट घरभित्र पसेर नगद दुई लाख रुपैया र मन्त्री यादब बोक्ने २ थान मोवाइल चोरले चोरी गरेर फरार भएको प्रहरीले जनाएको छ ।

चोरी भएपछि मन्त्री यादबले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीको टोलीले मन्त्री यादबको घर पुगेर अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित : २०७७ भाद्र ३, बुधबार १२:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ