कोरोनाबाट प्रदेश २ मा फेरी दुई पुरुषको ज्यान गयो


पर्सा : कोरोना भाइरस संक्रमणका कारण प्रदेश २ मा फेरी दुई जनाएको ज्यान गएको छ । दुबै जना पर्साकै हुन् ।

वीरगञ्जको भिस्वा घर भएका ५७ वर्षका पुरुषको मंगलबार साढे ३ बजे मृत्यु भएको थियो । उनको बुधबार विहान कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै साउन २७ गतेदेखि गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका वीरगञ्ज बिर्ताका ८४ वर्षका पुरुषको मंगलबार राति साढे १० बजे मृत्यु भएको थियो ।

उनको पनि बुधबार विहान रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पताल प्रयोगशालाले जानकारी दिएको छ ।

प्रकाशित : २०७७ भाद्र ३, बुधबार १३:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ