राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त तामाङ्ग पनि पक्राउ


जनकपुरधाम : म्यूजिक भिडिओमा नेपालको राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्ग पनि पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍युरो सीआईबीको टोलीले कीर्तिपुरबाट तामाङलाई पक्राउ गरेको हो । उनी ‘देशद्रोही’ बोलको गित गाएका थिए । सोही गितमा नेपालको राष्ट्रिय झण्डा जलाएको थियो ।

उनीसहित हालसम्म ९ जना पक्राउ परिसकेका छन् । प्रहरीले उनीहरुमाथि अनुसन्धान भइरहेको भन्दै कानून बमोजिम कारबाही गर्ने जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र ३, बुधबार १३:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ