मेयर बरबरियाको लापरबाहीले शहिदनगरमा कोरोना फैलिदै !


सिबेन्द्र रोहिता/ जनकपुरधाम : प्रदेश २ कोरोना संक्रमणले आक्रान्त बनेको छ । तर यहाँका केहि जनप्रतिधिको लापरबाहीले कोरोनाले भयावह रुप लिने देखिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि धनुषाभर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । तर धनुषाको शहिदनगर नगरपालिकामा पर्ने यदुकोहा बजारमा भिभाड देख्दा आश्चर्य लाग्न सक्छ । बजारमा यति भिडभाड छन् कि बाटो भएर हिड्न सक्ने अवस्था छैन ।

सामाजिक दुरीको त धज्जी उडाएको छ । कुनै पसलमा पनि सेनिटाइजर प्रयोग गरेर समान खरिदविक्री भइरहेको छैन । यहाँका मेयर उदय बरबरियाको चरम लापरबाहीले शहिदनगरमा कोरोना फैलिने जोखिम बढेको स्थानीय बताउँछन् ।

हेर्नुस् बजारमा देखिएको भिडभाड :

प्रकाशित : २०७७ भाद्र ३, बुधबार १३:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ