सिरहामा लट्ठी र रडले हानेर एक महिलाको हत्या, प्रहरीले ४ जनालाई समात्यो


लहान : सिरहामा कुटेर एक महिलाको हत्या गरिएको छ । अर्नमा गाउँपालिका ५, किसनपुर बेलडरीकी ३५ वर्षीया सीतादेवी राउतको हत्या भएको हो ।

मंगलबार राति ८ बजे लठ्ठी र फलामका रड लिएर स्थानीय बलदेव साह, कुमारदेव राउत, सुरुजदेव राउत सहितका व्यक्तिको एक समूहले घरमा पसेर सीतादेवीको हत्या गरेको स्थानीयले बताएका छन् । लट्ठी र रड अन्धाधुन्ध प्रहार गरेपछि घाइते भएकी सीतादेवीलाई उपचारको लागि सिरहा सदरमुकाम लग्दै गर्दा बाटोमै मृत्यु भएको स्थानीय दयाराम राउतले जानकारी दिए ।

‘झगडा सामान्य गालीगलौजबाट सुरु भएको थियो । तर, रिसइबी पुरानै थियो– अर्का एक स्थानीयले भने, ‘सडक विकासको विषयमा झगडा भएको थाहा पाए । धेरै कुरा मलाई पनि थाहा छैन ।’

हत्या गरिएकी सीतादेवीको श्रीमान राजदेव राउत लाटो छ । उनको एक छोरी मात्र छन् । उनको शव पोस्टमार्टमका लागि सिरहा अस्पतालमा राखिएको छ ।

घटनामा संलग्न ४ जनालाई सिरहा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित : २०७७ भाद्र ३, बुधबार १४:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ