सिरहामा गोली हानेर २ जनाको हत्या गरी फरार अपराधी धनुषाबाट पक्राउ


लहान : सिरहाको मिर्चैया नगरपालिका ५ का दुई जनाको गोली हानी हत्यापछि फरार रहेका अपराधीलाई प्रहरीले पक्राउ गरेको छ ।

सिराहा नगरपालिका ५ कै लालकुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सिराहा र इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले धनुषामा लुकीछिपी बसिरहेका साहलाई पक्राउ गरेको बताइएको छ ।

०६७ असार ११ गते राति देवेन्द्र यादव र चिनेन्द्रकुमार यादवलाई गोली हानी हत्यापछि उनी फरार थिए । पक्राउ परेकामाथि कर्तव्य ज्यान मुद्दा, हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र ३, बुधबार १५:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ