महोत्तरी : सिमा क्षेत्रमा दुर्लभ मुर्ति भेटेपछि सदालाई SSB ले समातेर लग्यो


महोत्तरी : मनरा सिसवा नगरपालिका ९ बथनाहाका एक युवकलाई दजगजा क्षेत्रबाट दुर्लभ मूर्ति फेला पारेको छ । मुर्ति भगवान बुद्धको जस्तै देखिने मूति २२ वर्षीय बलिन्दर सदालाई फेला परेको हो ।

फेला परेको उक्त मूर्ति लगभग एक फिटको रहेको छ । करिब १५ किलो तौल रहेको मूर्ति सयौं बर्ष पुरानो देखिन्छ । फेला परेको उक्त मूर्ति अन्य कहिकतै नदेखेको स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार आज कुशे औशी भएकाले सदा विहान कुश उखेल्न सिमापारी पुगेका थिए । कुश उखेल्न लाग्दा उनले छेउमा रहेको नदीमा माछा हेरे । माछा समात्न पुग्दा ति मूर्ति भेट्यो ।

मूर्ति फेला परेका सदालाई एसएसबीले नियन्त्रणमा लिएर भारततर्फ लगेको छ । मुर्ति फिर्ता गर्न भनेको र नमानेपछि उनलाई घरबाटै नियनन्त्रणमा लिएर एसएसबीले लगेको स्थानीय नेकपाका युवा नेता सत्येन्द्र यादबले जानकारी दिए ।

यता, महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले सदाको रिहाका लागि पहल गरिरहेको बताए । उनले सदालाई एसएसबीबाट छुटाएर ल्याउन प्रहरी पठाएको जानकारी दिए ।

फेला परेको उक्त मुर्ति अहिले मनरा सिसवा प्रहरीको नियन्त्रणमा छ । मूर्ति फिर्ता नगरी सदालाई नेपाल फर्काउने प्रयासमा लागेको प्रमुख जिल्ला अधिकारी कटुवालको भनाई छ ।

प्रकाशित : २०७७ भाद्र ३, बुधबार १६:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ